Rule 54
तुरुन्त लिलाम गर्ने
नियम ५२ बमोजिम सम्पत्ति रोक्का रहेको सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का रहने अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सड्ने, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकम मात्र निजलाई फिर्ता दिइनेछ । करदाताले माल वा वस्तु नै पाउँ भनी दाबी गर्न सक्ने छैन ।